समाचारबुधबार, भाद्र १६, २०७२
कैलालीमा कर्फ्यू छोट्याएपछि जनजीवन केही सामान्य
कैलालीको टीकापुर र धनगढीमा लगाइएको कर्फ्यूको समय घटाएपछि जनजीवन केही सामान्य बन्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कर्फ्यूको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ ।
स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र टीकापुरमा बिहानको समयमा कर्फ्यू फुकुवा गरेको हो ।
समय छोट्याउँदै धनगढीमा आज मध्याह्न १२ बजेबाट अपराह्न ४ सम्म मात्रै र टीकापुर नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म कर्फ्यू फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>