थप समाचारबुधबार, भाद्र १६, २०७२

एनआरएनएमा थापाको उम्मेदवारी घोषणा

हिमालखबर

hikmatगैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

यस अघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रीय संयोजक रही सकेका एनआरएनए नाइजेरियाका संस्थापक थापा अफ्रीका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपूर्ण योगदान दिएको, विभिन्न कल्याणकारी परियोजनामा सक्रिय रहेको र अफ्रिकी मुलुकहरुमा दुख पाएका नेपालीहरुको उद्दार कार्यमा जुटिरहेको बताउँछन् ।

उनले आगामी दिनहरुमा एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केन्द्रित गर्दै नेपालमा बैदेशिक लगानी भित्र्याउन एनआरएनए लाई संस्थागत सहजीकरण केन्द्रको रुपमा विकसित गर्न आफूले प्रयास गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...