थप समाचारबुधबार, भाद्र १६, २०७२

नहरमा डुबेर दुई बालिकाको मृत्यु

हिमालखबर

नहरमा डुबेर निग्लिहवा–९, कपिलबस्तुमा दुई बालिकाको मृत्यु भएको छ ।

कपडा धुन नहर गएकी आमाले छोरीहरु ३ बर्षकी अफ्रिन अन्सारी र सात महीनाकी यसमिनलाई नहर लगेकी थिइन् । आमा ताहेरा खातुनसँगै रहेकी कान्छी यसमिन नहरमा डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि मृत्यु भएको परिवारजनले बताएका छन् ।

विहान करीब ९ बजे छोरीहरुसहित ताहेरा घर नजिकै पश्चिम उत्तरतर्फ रहेको नहरमा कपडा धुन गएकी थिइन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको अस्थायी प्रहरी चौकी जहदीका इन्चार्ज प्रहरी सहायक निरिक्षक रामबहादुर क्षेत्रीले बताए ।

-गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...