Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हत्यारालाई कारबाही गरी छाड्छौँ : डिआईजी नेपाल - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र १६, २०७२

हत्यारालाई कारबाही गरी छाड्छौँ : डिआईजी नेपाल

हिमालखबर

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुगेका क्षेत्रीय प्रहरी प्रमुख नेपालले मृतकका परिवारलाई हत्यामा संलग्न जो कोही भए पनि कारबाही हुने आश्वासन दिए ।

“प्रहरी परिवारकै कर्मठ योद्धा हामीले गुमाउँदा दुःखित भएका छौँ” उनले भने, “विचलित नभई शान्ति सुरक्षा प्रत्याभूत गराउनुका साथै टीकापुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।”

उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने प्रहरी नायब महानिरीक्षक नेपालले बताए ।
उनले मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने पनि बताएका थिए ।

थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा परी प्रहरी निरीक्षक विष्टको ७ भदौमा हत्या गरिएको थियो भने घटनामा घाइते भएका प्रहरी हबल्दार नेगीको उपचारको क्रममा ८ भदौमा मृत्यु भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>