Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मुगु गाउँमा एघार राउन्ड हवाइ फायर - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र १६, २०७२

मुगु गाउँमा एघार राउन्ड हवाइ फायर

हिमालखबर

map22गाउँलेले तोकेको जरिवाना नतिरेका व्यक्तिलाई प्रहरीले संरक्षण दिएको भन्दै मुगु गाउँका स्थानीयले सीमा प्रहरी चौकी मुगुमा ढुङ्गामुढा गरेपछि प्रहरीले ११ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलन पुर्जी लिएका जुम्लाका ठेकेदार केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला मुगु–८ मुगु गाउँका नुन्डुल लामा र मुगु– ५ का सोनाम लामाले स्थानीय समुदायभन्दा बाहिरका सङ्कलक ल्याएर आफ्नो वनमा जथाभावी जडीबुटी सङ्कलन र चोरी सिकारी गरेको भन्दै गाउँलेको बैठकले जरिवाना तोकेको थियो ।

जरिवाना तिर्न सम्पर्कवालाले नमानेपछि गाउँलेले १५ भदौ दिउँसो उनीहरुका घरमा तोडफोड र कुटपिट गर्न थालेपछि दुवैलाई सुरक्षा दिन प्रहरी चौकीमा राखिएकोमा राति २००÷३०० जना गाउँले आएर चौकीमा ढुङ्गामुढा गरेका थिए ।

ठूलो सङ्ख्यामा आएका गाउँलेको प्रतिकारबाट बच्न प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको र गाउँलेको प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँचजना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए ।

ढुङ्गामुढाले सीमा प्रहरी चौकीका झ्यालढोका, पर्खाल भत्किएका छन् ।

वातावरण तनावग्रस्त भएपछि गत राति नै प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी मुगु सीमा प्रहरी चौकीमा पठाइएको छ ।

टोली घटनास्थलमा पुगेपछि चौकीमा ढुङ्गामुढा गर्न गाउँलेलाई उक्साउने टासी तामाङ, च्यावा तामाङ, पाल्जिर तामाङ, तेन्जिङ तामाङ र पाल्जोर तामाङलाई नियन्त्रणमा लिने र स्थितिलाई सामान्य बनाउने कार्य गरिरहेको प्रनाउ सिलवालले बताए ।

ठेकेदार भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रिय वनमा कटुकी सङ्कलनको वैधानिक रुपमा पुर्जी लगेर जडीबुटी सङ्कलन गरेको र राष्ट्रिय वनलाई सामुदायिक वन जस्तो गरेर आफ्ना मान्छेबाट गाउँलेले जरिवाना उठाउन खोजेको र आफूहरुले दोहोरो दस्तुर तिर्न नमानेपछि सुनियोजित रुपमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण भएको हो ।

मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ भने पैदलमा दुई दिन लाग्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>