समाचारबुधबार, भाद्र १६, २०७२
ओलीको निर्देशन, ‘सद्भाव बढाउने गतिविधिमा लाग्नुहोस्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव बढाउने गतिविधिमा लाग्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जनवर्गीय संगठनका नेताहरुका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, “सामाजिक सद्भाव बढाउने गतिविधिमा लाग्नुहोस् ।”
उनले संविधान निर्माणको अन्तिम अवस्थामा साम्रदायिक सद्भाव भड्काउने प्रकृतिका गतिविधि भइरहेकाले यसलाई नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्ने बताए । उनले ठाउँठाउँमा पार्टी जलाउने कार्य भइरहेकाले यस्तो कार्य रोक्नुपर्ने बताए ।
एमालेले संविधानमा अवरोध पुग्नेगरी अभिव्यक्ति नदिन आफ्ना सभासद तथा नेताहरुलाई निर्देशन दिएको छ । पार्टी नेतृत्व र प्रमुख सचेतकको समन्वय बिना संविधानसभामा संशोधन प्रस्ताव पेश नगर्न निर्देशन दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>