समाचारबुधबार, भाद्र १६, २०७२

छर्राले लागेर वीरगञ्जमा एक जना घाइते

हिमालखबर

प्रहरीले चलाएको गोलीको छर्राले लागेर वीरगञ्जमा एक जना घाइते भएका छन् ।

वीरगञ्ज मालपोत कार्यालय नजिकै घरकाे अाँगनमा  बसिरहेका कर्णको खुट्टामा छर्रा लागेको हाे । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

छपकैयामा टायर बालेर प्रदर्शन गर्न थालेका प्रदर्शनकारीलाई  हटाउन प्रहरीले हानेको रबर गोलीको छर्रा लागेर उनी घाईते भएको प्रहरीले जनाएको छ ।

दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि प्रशासनले वीरगञ्जमा घर बाहिर निस्कन समेत रोक लगाएको छ ।

यसैबीच, सुरक्षा संवेदनशीलताको कारण देखाउँदै बारामा १० वटा प्रहरी चौकी तथा अस्थाई पोष्टलाई स्थान्तरण गरिएको छ ।

६/७ जना प्रहरी रहने चौकी तथा अस्थाई पोष्टलाई तत्कालका लागि हटाइएको हो ।

बाराको कचोर्वा, महेन्द्र आदर्श च्युटाहा, बरियारपुर, गण्डक, दक्षिण झिटकैया, पिपरपाती, लङ्गढा चोक लगायतका १० वटा प्रहरी चौकीलाई ईप्रका सिम्रौनगढ, ईप्रका कवहीगोठ र नजिकको सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको छ ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>