समाचारबुधबार, भाद्र १६, २०७२

छानविन टोली कैलाली पुग्यो

हिमालखबर

एसएसपीसहित ९ जना मारिएको टीकापुर घटनाबारे छानविन गर्न सरकारी टोली टीकापुर पुगेको छ ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा संयोजकत्वको छानविन समितिले स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुसँग सोधपुछ थालेको छ ।

प्रत्यक्षदर्शी, पीडितलगायत विभिन्न पक्षसँग जानकारी लिन १७ भदौबाट शुरु हुने टोलीले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक जीवन थापा, गृहमन्त्रालयका सह–सचिव विनोद केसी र राष्ट्रिय अनुसन्धान विभागका उप–निर्देशक गणेश अधिकारीसहित थप दुई जना सह–सचिव सहभागी छन् ।

-कर्ण कुँवर, टीकापुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>