समाचारबुधबार, भाद्र १६, २०७२

यथास्थितिमा वार्ता सम्भव छैनः यादव

हिमालखबर

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलित संघीय समाजवादी फोरम नेपालले यथास्थितिमा सत्ता पक्षसँग वार्ताको कुनै संभावना नरहेको बताएका छन् ।

संविधानसभाको पाँचौ ठूलो दल फोरम नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले वार्ताका लागि पत्र पठाएको तर उचित वातावरण नबनाएको भन्दै यथास्थितिमा वार्ताको औचित्य नभएको स्पष्ट पारेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू राजधानीमा सरकारसँग वार्ता गर्न नभई पार्टीको कामले आएको बताए । चार प्रमुख दलका तर्फबाट प्रधानमन्त्रीले पटक पटक वार्ताका लागि आह्वान गरे पनि मधेश आन्दोलनमा भएका सम्झौताको पालना नभएको गुनासो गर्दै उनले भने, “एकातिर वार्ताका लागि बोलाउने, अर्कातिर आन्दोलनमा दमन गर्ने, यस्तो अवस्थामा वार्ता हुन सक्दैन ।”

पार्टीले सत्ता पक्षले पहिलो संविधानसभाले गरेका सहमति उल्ट्याउनाका साथै समावेशी लोकतन्त्र, समानुपातिक, समावेशीकरणलगायत युगान्तकारी परिवर्तनका उपलब्धिलाई समाप्त पार्ने काम गरेको आरोप लगाएको छ ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आफूहरु शान्तिपूर्ण रुपमा माग समाधान गर्ने पक्षमा रहेको स्पष्ट पार्दै वार्ताको वातावरण बनाउने काम सत्ता पक्षले गर्नुपर्ने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>