समाचारबिहीबार, भाद्र १७, २०७२

नेपालद्वारा साउदी अरेबिया ९ विकेटले पराजित

हिमालखबर

मलेशियामा जारी एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेटले हराएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाएको थियो।
५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा १ विकेट गुमाएर सजिलै जीत हात पार्‍यो ।

नेपालका लागि सुनिल धमलाले ३४ र सुनिल रिजालले १४ रन बनाए। यस्तै शंकर राना ४ रनमा आउट भए।

यसअघि साउदीका लागि फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपाली बलरसामू निरीह रहेको साउदी अरेबियाका दुई ब्याट्सम्यान शून्यमै आउट भए। चार जनाले १-१ रन बनाए।
नेपालका लागि सुशील कँडेलले सर्वाधिक १० ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>