समाचारबिहीबार, भाद्र १७, २०७२

असन्तुष्ट दललाई सहमतिमा ल्याउन एमाओवादीको जोड

हिमालखबर

एमाओवादीले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा यसअघि सहमति गरेका चारै पक्ष मिलेर सहमतिका आधारमा अहिलेकै प्रक्रियाभित्रबाट संविधान निर्माण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको नेता भट्टराईले बताए । उनले सहमतिका लागि आफूहरुले पनि विभिन्न पक्षसँग सहजकर्ताको भूमिका खेलिरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>