समाचारबिहीबार, भाद्र १७, २०७२

बाराः ४६ वटा प्रहरी चौकी खाली गराईयो

हिमालखबर

बाराको ग्रामीण क्षेत्रमा रहेका ४६ वटा प्रहरी चौकी र अस्थाई प्रहरी पोष्टहरु खाली गराईएको छ ।

बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लाको ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकी र अस्थाई प्रहरी पोष्टलाई खाली गराईएको हो ।

“ती प्रहरी चौकीमा कार्यरत प्रहरीहरु नजिकैको ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बेस क्याम्पमा छन् । स्थिति सामान्य भएपछि उनीहरुलाई पुरानै ठाँउमा फर्काइने छ,” शर्माले भने ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराका प्रवक्ता अरुण सिंहले ग्रामीण भेगमा रहेका चौकीका प्रहरीले आन्दोलन विरुद्ध सुराकी गरेकाले ती चौकीहरु खाली गर्न प्रहरीलाई चेतावनी दिइएपछि खाली भएको दाबी गरेका छन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>