समाचारबिहीबार, भाद्र १७, २०७२

पुनःनिर्माण प्राधिकरणमा एमाओवादीको अवरोध

हिमालखबर

एमाओवादीको विरोधपछि पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पुग्न सकेको छैन ।

यसअघि १५ भदौमा संसद बैठकको कार्यसूचिमा राखिसकिएको ‘अध्यादेश प्रतिस्थापन विधेयक’ माओवादी विरोधपछि फिर्ता भएको हो ।

संसद सचिवालयका एक अधिकारीका अनुसार एमाओवादीले थप छलफल गरेर मात्रै अगाडि बढ्ने भनेपछि संसदमा पेश गर्ने भनिएको विधेयक कार्यसूचिबाट हटाइएको हो । १७ भदौको कार्यसूचिमा उक्त विधेयक समावेश छैन ।

सरकारले ल्याएको अध्यादेश संसदबाट ६० दिनभित्र पारित नभएमा स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि गत १० असारमा आयोजना गरिएको दाता सम्मेलनलाई लक्षित गरी सरकारले अध्यादेश ल्याएको थियो ।

 प्राधिकरणको नेतृत्वमा एमाओवादीले शुरुदेखि नै रुचि देखाउँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>