समाचारबिहीबार, भाद्र १७, २०७२
काेहलपुरका सञ्चार माध्यम बन्द
असुरक्षाको कारण देखाउँदै बाँकेको कोहलपुर क्षेत्रका सञ्चार माध्यमहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।
आन्दोलनका क्रममा सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण हुन थालेको भन्दै स्थानीय एफएम र पत्रिकाहरु अनिश्चितकालसम्म बन्द गरिएका छन् ।
कोहलपुरबाट प्रसारण हुने रेडियो प्रतिबोध र कोहलपुर एफएम तथा पत्रिकाहरु मिसन टुडे दैनिक, पिपलबोट दैनिक, मार्गरेखा दैनिक, कोहलपुर टाईम्स साप्ताहिक र न्यूज नमस्ते दैनिकले प्रकाशन/प्रशारण बन्द गरेका हुन् ।
उनीहरुले समाचार संकलनका लागि सहज वातावरण नभएसम्म प्रकाशन/प्रशारण सुचारु नगर्ने निर्णय गरेका छन् ।
१६ भदौमा कोहलपुरबाट प्रकाशित मिसिन डुटे दैनिकका प्रकाशक बिनोद पौडेललाई थरुहट संघर्ष समितिका कार्यकर्ता आक्रमण भएको थियो ।
कञ्चनपुरदेखि चितवनसम्म थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग राख्दै २४ दिनदेखि जारी आन्दोलन थरुहट संघर्ष समितिले थप गरेको छ ।
मागप्रति सरकारले चासो नदिएको भन्दै समितिले थप आन्दोलनको घोषणा गरेको हो ।
-भावुक योगी, बर्दिया र केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
