खेलकुदबिहीबार, भाद्र १७, २०७२

यू–१९ क्रिकेट: नेपाल उपविजेतामै सीमित

हिमालखबर

मलेशियामा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटको च्याम्पियन बन्न मलेशिया र अफगानिस्तानबीच भएको खेलको नतिजा पर्खेको नेपालले अन्ततः उपविजेतामै सीमित बन्नु परेको छ ।

अन्तिम खेलमा अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गरेसँगै नेपाल उपविजेतामा सीमित बनेको हो ।

मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य २१.३ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो ।

आज बिहान भएको अन्तिम खेलमा साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारेको थियो । जारी प्रतियोगितामा सबै खेल जितेर अफगानिस्तान १० अङ्कसहित च्याम्पियन बनेको हो । समान खेलबाट आठ अङ्कमात्र जोडेको नेपाल उपविजेता बनेको छ ।
अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो ।

अन्तिम खेलमा मलेशियाले अफगानिस्तानलाई हराएको भए नेपाल च्याम्पियन बन्ने थियो ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुबेत र साउदी अरेबियालाई पराजित गरे पनि अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...