समाचारबिहीबार, भाद्र १७, २०७२

हिंसा त्यागेर संवादमा आउन महासचिव वानको आग्रह

हिमालखबर

Portrait of SG

Portrait of SG

संयुक्त राष्ट्र सङ्घका महासचिव वान की–मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको निकास खोज्न नेपालका सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

नेपालको वर्तमान अवस्थाप्रति चासो लिँदै महासचिव वानले सबै प्रकारका हिंसा तथा बल प्रयोगलाई त्याग्न सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपालस्थित राष्ट्र्संघको सूचना केन्द्रका अनुसार महासचिव वानले हालै नेपालमा भएका हिंसा र व्यक्तिको जीवनक्षतिका घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् ।

विज्ञप्तिमा राष्ट्र सङ्घले नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको र त्यसले संविधान निर्माणलाई सहज बनाएको भन्दै नेपालका नेताहरुले पुनः आपसी सहमतिको भावनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेको पनि उल्लेख छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>