समाचारबिहीबार, भाद्र १७, २०७२
एमाले र एमाओवादीबीच छलफल, तीन दलको बैठक बस्दै
नेकपा एमाले र एमाओवादी शीर्ष नेताबीच संविधान निर्माण प्रक्रिया र असन्तुष्ट पक्षका माग विषयमा छलफल भएको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा १७ भदौमा भएको छलफलमा संविधानको परिमार्जित विधेयकमाथि संशोधनका लागि छुट्टयाइएको १९ भदौसम्मको समयपछि नियमावलीअनुसार थप प्रक्रिया अघि बढाउन दुवै दल सहमत भएका छन् ।
छलफलमा सहभागी एमालेका उपाध्यक्ष भीमबहादुर रावलले भने, “कुनै पनि बहानामा संविधान निर्माणको प्रक्रियालाई ढिलो नगर्ने कुरा भएको छ । अहिले देखिएका समस्यालाई समाधान गर्न वार्ता पनि सँगै अघि बढाइनेछ ।”
वार्ता जनताको अधिकार र राष्ट्रिय एकतालाई केन्द्रबिन्दूमा राखेर गर्ने तय भएको उनले बताए ।
छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल र उपाध्यक्ष रावल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष श्रेष्ठ सहभागी थिए ।
तीन दलको बैठक बस्दै
यसैबीच, संविधानको मस्यौदामा देखिएका विवादबारे समस्या समाधानका उपाय खोज्न नेपाली काँग्रेससहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक आजै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
