थप समाचारबिहीबार, भाद्र १७, २०७२

वीरगञ्जमा भेटिएको बम सेनाद्वारा डिस्पोज

हिमालखबर

unnamedवीरगञ्ज उपमहानगरपालिका–१९, नगवा चाेंकमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको  छ ।

१७ भदौ दिउँसो वीरगञ्ज घण्टाघरस्थित  नेपाली सेनाको बरख गणबाट खटिएको  डिस्पोजल टोलीले बम निष्क्रिय पारेको  हो ।

नगवा चाेकमा संघीय समावेशी मधेशी मोर्चाले आन्दोलनका लागि बनाएको टेण्ट नजिक इट्टाको थुप्रोमा रातो कपडामा बेरेर राखिएको अवस्थामा बम फेला परेको थियो ।

सोनी जेनरल स्टोर्सको सटर छेउमा सुतली बम भेटिएको र नेपाली सेनाको टोलीले डिष्पोज गरेको प्रहरी निरीक्षक जीवलाल चुडालीले बताए ।

गस्तीमा रहेका प्रहरीहरुले बम देखेपछि खबर गरेको प्रहरी नायब निरीक्षक अर्जुन देवकोटाले जानकारी दिए ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...