समाचारबिहीबार, भाद्र १७, २०७२

असन्तुष्टलाई बिना शर्त वार्तामा आउन दुई दिनको समय

हिमालखबर

unnamed

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे चार दलकाे बैठक । तस्वीरः अानन्दराम डंगाेल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकले आन्दोलनरत असन्तुष्ट पक्षलाई बिना शर्त वार्तामा आउन आग्रह गरेको छ ।

बैठकले वार्ताका लागि असन्तुष्ट पक्षलाई दुई दिनको समय दिएको छ । ५ भदौदेखि लगातार वार्ताका लागि आह्वान गरिरहेकाले अब धेरै नअलमलिने भन्दै चार दलले वार्तामा आउन दुई दिनको समय दिएका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाले चार दलको निर्णय अनुसार वक्तव्यमार्फत, पत्राचार गरेर र टेलिफोनमार्फत वार्ताका लागि आह्वान गरिसकेका छन् । तर, आन्दोलनरत पक्षले भने वार्ताको वातारण तयार पार्नुपर्ने शर्त राख्दै आएका छन् ।

बैठकले दुईदिनभित्र वार्ता नभए पनि  संविधान जारी गर्न नरोकिने निर्णय गरेको छ । संविधानसभाले १९ भदौसम्मका लागि संशोधन प्रस्ताव पेश गर्ने समय दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>