थप समाचारबिहीबार, भाद्र १७, २०७२

लागूऔषध कारोबारको अभियोगमा दुई युवतीविरुद्ध मुद्दा

हिमालखबर

lagu ausadh sahit abhiyuktaभारतबाट लागूऔषध ल्याई नेपालमा बिक्री गरेको अभियोगमा झापाका दुई युवतीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ ।

झापा शिबगञ्ज– ९ का २२ वर्षीया युवतीद्वय लिलिमा चौधरी र पुजन लिम्बुविरुद्ध प्रहरीले १७ भदौमा मुद्दा दायर गरेको हो ।

दमक–९ स्थित उनीहरुको डेराबाट १६ भदौमा ११६ थान डाइजापाम, ११८ थान फेनारगन र १०८ थान लुपिजेसिक बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनीहरुले लागूऔषध भारतको पानीटंकीबाट ल्याई झापामा बेच्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...