समाचारबिहीबार, भाद्र १७, २०७२

वीरगञ्जः दुई घण्टा कर्फ्यू हट्दा बजारमा घुइँचो

हिमालखबर

1

सवै तस्वीर: सुरेश विडारी

अनिश्चितकालिन मधेश बन्दका कारण १९ दिन बन्द रहेको वीरगञ्ज बजार १७ भदौमा दुई घण्टा खुलेको छ ।

मधेशी मोर्चाको लगातारको बन्दका बीच चार दिनदेखि जारी कर्फ्यूले उकुसमुकुस भएका वीरगञ्जबासीले साँझ दुई घण्टा मात्रै कर्फ्यू हटाइँदा पनि धेरै राहत महशुस गरे ।

कर्फ्यू हटेलगत्तै बजारका पसलहरु खुले, दैनिक उपभोग्य र जरुरी सामान खरिदका लागि वीरगञ्जबासीको भीड बजारमा देखियो ।

दुई घण्टासम्म वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा, मुरली, रानीघाट, वीर्ता, छपकैया लगायतका स्थानमा बजार तथा पसलहरु खुले भने पसलहरुमा दैनिक उपभोग्यका सामन किन्नेहरुको भिडभाड देखियो ।

2सडकमा विना अवरोध मोटरइकल, रिक्सा, ठेला चले ।

लामो समयको बन्दले घरायसी समान समेत नभएको अवस्थामा दुई घण्टा बजार खुल्दा राहत मिलेको माईस्थानका मनोज गुप्ताले बताए ।

“बन्द र कर्फ्यूले घर नै जेल भएको थियो दुई घण्टाले मात्रै पनि केही राहत मिल्दो रहेछ ।”

लामो समयको बन्दमा किनमेल गर्न नपाउँदा कसैले घरमा नुन सकिएको त कसैकोमा चामल सकिएको बताए ।

बन्दले सबैलाई कष्ट मात्रै हुने भएकोले सरकारले तराईको समस्या तत्काल वार्ता मार्फत समाधान गरेर कफ्र्यु हटाउनुपर्ने माग गुप्ताले गरे ।

धेरै दिनपछि व्यापार गर्न पाएकोमा ठेलामा तरकारी बेच्दै हिडेका वीरेन्द्रप्रसाद पनि खुसी देखिन्थे ।

3बन्दले व्यापार व्यवसाय ठप्प भएकोमा दुईघटा मात्रै खुलेपनि केहि राहत भएको उनले बताए ।

कम्तीमा दैनिक चार घण्टा बजार खुलाउन उनले संबन्धित पक्षसँग माग गरे । “जम्मा दुई घण्टा बजार खुल्यो, आउन जानमै सकिन्छ समान कतिखेर बेच्ने, कम्तीमा चार घण्टा खुलाउँदा हुन्थ्यो ।” वीरेन्द्रप्रसादले भने ।

सामानको भाउ आकासिएको भए पनि ग्राहकले मोलतोल नगरी आफूले भनेकै भाउमा किनेको उनले जानकारी दिए ।

कफ्र्यू खुलेपछि सीमावर्ती भारतीय बजार रक्सौलमा अलपत्र परेका नेपालीहरु केही रिक्सामा त केही पैदलै हतारहतार नेपालतर्फ आए ।

????????????????????????????????????

????????????????????????????????????

जिल्ला सुरक्षा समितिको १७ भदौ दिउँसो बसेको बैठकले साँँझ ५ बजेदेखि सात बजे सम्म दुई घण्टाका लागि मात्रै कफ्र्यू फिर्ता लिने निर्णय गरेको थियो ।

बन्द र कर्फ्यूले सर्वसाधरणको जीवन कष्टकर भएकोले केही राहत होस भनेर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दुई घण्टा मात्रै कफ्र्यु फिर्ता लिइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए ।

वीरगञ्जमा सोमबार र मङ्गलबार प्रहरी र प्रर्दशनकारीबीच ठाँउ ठाउँमा भएको झडपमा ५ जनाको मृत्यु भएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>