थप समाचारशुक्रबार, भाद्र १८, २०७२

रौतहटमा चारवटा गाडीमा आगजनी

हिमालखबर

aagjaniरौतहटको सबैभन्दा ठूलो श्रीराम सुगर मिल्सको आवास क्षेत्रभित्र पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको छ ।

१७ भदौ मध्यरातमा करिब २५ जनाको समूहमा रहेकाले प्रतिष्ठानका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई गरुडास्थित श्रीराम सुगर मिल्सको एक मोटरसाइकल र तीनवटा जीपमा आगो लगाई ध्वस्त पारेको प्रबन्धक सियाराम साहले जनाएका छन् ।

ड्यूटीमा रहेका सुरक्षा गार्डहरु डोरप्रसाद घिमिरे र खिलप्रसाद फुँयाललाई निन्यन्त्रणमा लिएर पार्किङ गरी राखिएको को १ च ७१९६, ना २ च ६५०१ तथा बा १० च ५०३८ नम्बरको बोलेरो जीप, बा २९ प ५७२३ नम्बरको पल्सर मोटरसाइकलमा आगो लगाएका हुन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैस्बारले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
सञ्जय साह, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...