समाचारशुक्रबार, भाद्र १८, २०७२
बर्दियाः आन्दोलनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु
रात्री बसलाई स्कर्टीङ गरिरहेको प्रहरीमाथि बर्दियामा आक्रमण हुँदा प्रहरी हबल्दारको मृत्यु भएको छ ।
पूर्वबाट आएका रात्री बसलाई बर्दिया प्रहरीले सुरक्षा दिई सदरमुकाम गुलरीया ल्याँउदै गर्दा मैनापोखर नजिक थरुहट आन्दोलनकारीको आक्रमणबाट घाइते भएका प्रहरी हबल्दार देवबहादुर पाण्डेलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले पनि गोली लागेको हो वा अरु नै हतियारबाट आक्रमण भएको पुष्टी हुन बाँकी रहेको, केही बेरमै अस्पतालबाट जानकारी लिइने बताए ।
आन्दोलनकारी सडकमा उत्रिएर ढुंगा प्रहार गर्न थालेपछी प्रहरीले लाठी चार्ज गर्नुका साथै तीन राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक गोविन्दराम परीयारले जानकारी दिए ।
बसहरु भने प्रहरी सुरक्षामा गुलरीया आइपुगेका छन् ।
अहिले स्थिति नियन्त्रणमा आईसकेपनि थप बुझ्न सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई मैनापोखर पठाइएको प्रजिअले कुँवर बताए ।
यसैबीच १७ भदौ बेलुका आन्दोलनकारीले बाँसगढीमा एउटा मोटरसाईल जलाईदिएका छन् भने सुहेलवामा एउटा मोटरसाई तोडफोड गरेका छन् ।
मोटरसाईल जलाउने दत्त थारु र सुरेश थारुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको उपरीक्षक परीयारले बताए ।
चितवन देखि कञ्चनपुर सम्म थारुवान, थरुहट प्रदेशको माग गर्दै २५ दिनदेखि आन्दोलनमा उत्रिएका थरुहट आन्दोलनकारीहरुले १७ भदौदेखि आन्दोलनलाई कडा बनाउने बताएका थिए ।
भावुक योगी, बर्दीया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
