समाचारशुक्रबार, भाद्र १८, २०७२

डा केसीको जीवन रक्षाको माग गर्दै पोखरामा र्‍याली

हिमालखबर

स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा रहेका डा गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा १८ भदौ बिहान दबाब र्‍याली निकालिएको छ ।

सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको समन्वय तथा पोखराका विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा दबाबमूलक र्‍याली निकालिएको हो ।

चिप्लेढुङ्गाबाट सुरु भएको र्‍याली महेन्द्रपुल हुँदै नयाँबजारस्थित ओमशान्ति भवन अगाडि गएर सभामा परिणत भएको थियो ।

र्‍यालीका सहभागीले माथेमा प्रतिवेदन कार्यान्वयन गर, स्वास्थ्य सेवा सर्वसुलभ गर, डा.गोविन्द केसीको जीवन रक्षा गर, मेडिकल शिक्षामा देखिएको भष्टाचार अन्त्य गरलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

र्‍यालीमा मेडिकल एसोसियसनमा आबद्ध चिकित्सक, प्राध्यापक, , वकिल, व्यवसायी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सभामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य आनन्दराज मुल्मी, डा पदम खड्का, सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेललगायतले डा केसीको अनसन व्यक्तिगत स्वार्थका लागि नभई आम नागरिकको कल्याणका लागि भएकाले ऐक्यबद्धता जनाएको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>