समाचारशुक्रबार, भाद्र १८, २०७२

प्रहरी हबल्दारको मृत्यु गोली लागेरैः अस्पताल

हिमालखबर

hawaldarबर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयका प्रहरी हबल्दार देबहादुर पाण्डेको गोली लागेर मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

पाण्डेको उपचारमा संलग्न डा. ललित गिरीले दायाँ खुट्टामा गोली लागेको बताएका छन् । “गोलीले दायाँ खुट्टा छेडेर बाहिर निस्केको छ’ उनले भने ‘बायाँ खुट्टामा भने धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।”

खुट्टामा गोली लागेका हवल्दारको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

काठमाडौं र पूर्वका अन्य जिल्लाबाट आएका रात्री बसलाई सुरक्षा दिएको प्रहरी र बसलाई रोक्न खोज्ने आन्दोलनकारीबीच १८ भदौ विहान ९ बजे बर्दियाको मैनापोखरमा झडप भएको थियो ।

त्यसैक्रममा गोली लागेका पाण्डेलाई गोली उपचारका लागि नेपालगञ्ज पठाइएकोमा उपचारका क्रममा विहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
केशव राना बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>