समाचारशुक्रबार, भाद्र १८, २०७२
आन्दोलनकारीले माफी मागेपछि कोहलपुरका सञ्चारमाध्यम खुले
थरुहट संघर्ष समिति बाँकेले पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकोमा माफी माग्दै त्यस्ता घटना नदोहोरिने प्रतिवद्धता जनाएपछि कोहलपुरका सञ्चारमाध्यमहरु सुचारु भएका छन् ।
समितिले माफी माग्दै अब त्यस्ता घटना नदोहोर्याउने र प्रेसमाथि आँच पुग्ने खालका कुनै गतिविधि नगर्ने प्रतिवद्धता जनाएको छ ।
समितिले माफी मागेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, बाँके जिल्ला अध्यक्ष रुद्र सुवेदी र थरुहट संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर थारुले संयुक्त रुपमा रेडियो प्रतिबोध एफएम र कोहलपुर एफएमको ट्रान्समिटर खोलेर सञ्चारमाध्यमलाई सञ्चालनमा ल्याएका हुन् ।
१६ भदौमा आन्दोलनकारीले मिसन टुडे दैनिकका प्रकाशक÷प्रधानसम्पादक बिनोद पौडेललाई कुटपिट गर्नुका साथै रेडियो प्रतिबोध एफएमका पत्रकार पुजन विश्वकर्मालाई ज्यान मार्ने धम्की दिएका थिए ।
सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहारको उक्त घटनापछि १७ भाद्रदेखि कोहलपुरका ५ पत्रिका र दुई एफएम रेडियो बन्द गरिएका थिए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
