Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मकैबारीमा लुकेर प्रहरीमाथि प्रहार भयोः डिआइजी अधिकारी - Himalkhabar.com

रिपोर्टशुक्रबार, भाद्र १८, २०७२

मकैबारीमा लुकेर प्रहरीमाथि प्रहार भयोः डिआइजी अधिकारी

हिमालखबर

डिआईजी केशव अधिकारी र एसएसपी गोविन्दराम परियार पत्रकार सम्मेलनमा । सबै तस्वीर: भावुक योगी

डिआईजी केशव अधिकारी र एसएसपी धिरु बस्नेत  पत्रकार सम्मेलनमा । सबै तस्वीर: भावुक योगी

बर्दियाको मैनापोखरमा आज विहान साढे ९ बजे प्रहरी र थरुहटका विरोध प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनकारीले चलाएको गोली लागेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ ।

आन्दोलनकारीले चलाएको गोली लागि दाङ्गको लालमटीया–२ घर भई ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी हवल्दार देवबहादुर पाण्डे को ज्यान गएको बर्दिया आईपुगेका मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशव अधिकारीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

bloodमकैबारीमा लुकेर प्रदर्शनकारीले चलाएको गोली प्रहरी हवल्दारको दाँया खुट्टाको तिघ्रा वारपार भई बायाँ खुट्टालाई समेत छेडेकाले अत्याधिक रक्तश्राव हुन गई मृत्यु भएको उनले बताए ।

पाण्डेको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा ज्यान गएको हो ।

ईप्रका मैनापोखरदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ सडक किनारमै झडप हुँदा एक्कासी मकैबारीबाट गोलीको आवाज आए लगत्तै प्रहरी हवल्दारको खुट्टामा लागेको र त्यसपछि प्रहरीले हवाई फायर गर्दा गोली हान्नेहरु भागेको डिआईजी अधिकारीले बताए ।

घटनास्थल र घटनाबारे थप अनुसन्धन गरी दोषिलाई कडा कारवाही गरिने उनले बताए ।

काठमाडौं र अन्य जिल्लाबाट आएका रात्रिबसलाई सुरक्षा दिई सदरमुकाम गुलरीया पुर्‍याउन लागेका प्रहरी र बसलाई रोक्ने आन्दोलनकारीबीच मैनापोखरमा झडप भएको थियो ।

बस गइसकेपछि पनि त्यहाँ रहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेको र त्यसक्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको पनि उनले बताए । त्यसैबेला मकैबारीतर्फबाट हवल्दार पाण्डेमाथि गोली प्रहार भएको डिआइजी अधिकारीले जानकारी दिए ।

थरुहट संघर्ष समिति बर्दियाका अध्यक्ष गोविन्दप्रसाद थारु

थरुहट संघर्ष समिति बर्दियाका अध्यक्ष गोविन्दप्रसाद थारु

तीनजना पक्राउ
घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मैनापोखर १ बस्ने नरेश थारु, रामहर्स थारु र अविनास थारु लाई प्रहरीले पक्राउ गरेको हो ।

यता थारु कल्याणकारी सभा एवम् थारु संघर्ष समिति बर्दियाका अध्यक्ष गोविन्दप्रसाद थारुले आन्दोलनमा उत्रिएका आफ्ना कार्याकार्ताले गोली नचाएको, कुनै घरेलु हतियार पनि नबोकेको बताएका छन् ।

चौधरीले हवल्दार पाण्डेको मृत्यु प्रहरीकै गोली लागेर भएको दाबी गरे ।

७ प्रदेशको सीमाङ्कनको विरोधमा २५ दिनदेखि आन्दोलनमा उत्रिएको थरुहट संघर्ष समिति बर्दियाले १८ भदौदेखि आन्दोलन कडा पार्ने जनाएको थियो ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>