थप समाचारशुक्रबार, भाद्र १८, २०७२

सञ्चारिका पुरस्कार घोषणा

हिमालखबर

न्याैपाने

न्याैपाने

सञ्चारिका समूहले सञ्चारिका समानता पुरस्कार हिमाल खबरपत्रिकामा प्रकाशित ‘बलात्कारी उम्काउने कानुनी छिद्र’ रिर्पाेटका लागि पत्रकार तुफान न्यौपाने र मीना शर्मालाई दिने भएको छ ।

न्यौपाने र शर्माले उक्त रिर्पाेट २० पुस २०७१ मा लेखेका थिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत र राष्ट्रिय समाचार समिति ९रासस०का महाप्रबन्धक निर्मला आचार्य रहेको पुरस्कार छनोट समितिले यस्तो निर्णय गरेको थियो ।

शर्मा

शर्मा

यसैगरी ‘स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७१’ औजार राष्ट्रिय दैनिक सुनसरीमा कार्यरत लक्ष्मी दर्नाललाई दिने निर्णय गरिएको छ । यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ रेडियो नेपालकी पत्रकार शोभा भट्टराई र तराई टेलिभिजनकी पत्रकार प्रियङ्का पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सबै पुरस्कार आगामी २१ भदौमा काठमाडौँमा हुने छैंटौ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा प्रदान गरिने महासचिव नितु पण्डितले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>