थप समाचारशनिबार, भाद्र १९, २०७२
वीरगञ्ज तीन घण्टा गुलजार (फोटो फिचर)
वीरगन्जमा ६ दिनदेखि जारी कर्फ्यु १९ भदौं विहान तीन घण्टाका लागि हटाईएपछि नगरक्षेत्र गुलजार देखियो ।
वीरगन्जको घण्टाघर, आदर्शनगर, माइस्थान, मुर्ली, श्रीपुर, विर्ता, छपकैया लगायतका बजारमा दैनिक उपभोग्य सामान खरिद गर्नेहरुको भिड लागेको थियो ।
सामान्यता वीरगञ्ज बजार शनिबार बन्द रहने गरेको भए पनि मधेशी मोर्चाको आमहडताल र कर्फ्यूले लामोसमयदेखि बन्द रहेको वीरगञ्जको बजार यो शनिबार तीन घण्टा पूरै खुला भयो ।
कृष्ण जन्माष्टमी पर्व परेकोले विहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म तीन घण्टा का लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैबीच १५ भदौमा विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनाको शवयात्रा गरी अन्त्येष्टी गरिएको छ ।
यसअघि १७ भदौंमा साँझ ५ देखि ७ बजेसम्म दुइ घण्टा र १८ भदौंमा अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टाका लागि कर्फ्यू हटाइएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज