थप समाचारशनिबार, भाद्र १९, २०७२

लमजुङको शान्ति उमाविमा आगलागी, सवा करोडको क्षति

हिमालखबर

shantiलमजुङको सुन्दरबजार–१३ कुन्छास्थित शान्ति उमाविमा गए राति आगलागी भएको छ ।

आगलागीबाट विद्यालयको महत्वपूर्ण कागजातसहित रु. एक करोड २५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

आगलागीबाट विद्यालयको पुस्तकालयमा रहेका तीन हजार भन्दा बढी पुस्तक जलेर नष्ट भएका छन् भने स्टोर कोठामा राखिएका २०२३ सालदेखिका महत्वपूर्ण कागजपत्रहरु पनि जलेका छन् ।

आगलागी र तोडफोडबाट विद्यालयको प्रयोगशालामा रहेका सामाग्रीहरु, २० थान कम्प्युटर, फोटोकपी मेसिन, विद्यालयको दानदाताको नाम सहितको ताम्रपत्र र तस्वीरहरु समेत नष्ट भएका छन् ।

कक्षाकोठा, पुस्तकालय, कप्युटर कोठा, ल्याब र स्टोर कोठाका गरी ३०० वटा कुर्सी समेत जलेको विद्यालयका शिक्षकहरुले बताए ।

विद्यालयको दक्षिणपश्चिम तर्फको कक्षाकोठाको झ्याल फोडेर आगलागीमा संलग्न व्यक्ति भित्र छिरेको र कप्युटर कोठा, पुस्तकालय लगायतका कोठाहरु फोरेर आगलागी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

गएराति साढे १२ बजे विद्यालयको भान्साकोठामा राखिएको ग्याँसको सिलिन्डर पड्किएपछि मात्र विद्यालयमा आगलागी भएको स्थानियबासीले थाहा पाएको विद्यालयका शिक्षक निलकण्ठ अधिकारीले बताए ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय भोटेवडारबाट प्रहरी टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

विक्रम संवत २००९ सालमा स्थापना भई २०१७ सालबाट पूर्ण रुपमा सञ्चालनमा आएको शान्ति उमाविमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>