Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इलाममा तीनजनाको निसासिएर मृत्यु - Himalkhabar.com

थप समाचारशनिबार, भाद्र १९, २०७२

इलाममा तीनजनाको निसासिएर मृत्यु

हिमालखबर

इलामको श्रीअन्तुमा सुतेको अवस्थामा निसासिएर तीन जनाको मृत्यु भएको छ ।

एउटै कोठामा सुतेका श्रीअन्तु–६ को श्रीबुङका ४५ वर्षीय लगन तामाङ, १८ वर्षीय नितेश मगर र पशुपतिनगर–२ का ६९ वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।

लगनकी श्रीमतिको तीन दिनअघि मृत्यु भएको थियो । तेस्रो दिन किरिया सकेर उनीहरु जेनेटर चलाएको कोठामा भेन्टिलेसन नखोलेरै सुतेका थिए ।

१९ भदौ विहान अबेरसम्म नउठेपछि आफन्तले ढोका खोली हेर्दा बेहोस अवस्थामा फेला परेका तीनै जनाको फिक्कल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक तिनैजनाको शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताए ।

पहिरोमा पुरिएर खत्रीको मृत्यु
पाँचथरको एकतीन गाविस–५ का प्रेमवहादुर खत्रीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

घर नजिकै जंगलमा घाँस काटिरहेका ५५ वर्षीय खत्रीको पहिरोले पुरिएर १९ भदौ अपराह्न ४ वजे मृत्यु भएको हो ।

एकतिन ५ स्थित लुवा खोला नजिकै जोरपोखरी एकतिन ग्रामिण सडक माथिवाट खसेको पहिरोमा परेर खत्रीको घट्नास्थमै मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
लक्ष्मीप्रसाद मिश्रलक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>