खेलकुदशनिबार, मंसिर २, २०६९

ए डिभिजन लिग जित्नेलाई ७५ लाख

हिमालखबर

राजधानीमा ५ मंसिरबाट शुरु हुने ए डिभिजन लिग विजेताले रु ७५ लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले १५ लाख, चौथो हुनेले ७ लाख, पाँचौं र छैठौं हुनेले समान १ लाख ५० हजार  तथा सातौं र आठौंले एक/एक लाख पुरस्कार पाउने छन् ।

अनुशासित टीमलाई रु एक लाख रुपियाँ दिइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट प्रशिक्षक, फरवार्ड, गोलकिपर, मिडफिल्डर र डिफेन्डरले मोटर साईकल पुरस्कार पाउनेछ । अघिल्लो संस्कार ए डिभिजन लिग विजेताले रु २० लाख र राष्ट्रिय लिग जित्ने जम्मा रु २५ लाख पुरस्कार पाएको थियो ।

ए डिभिजनका १६ टीम सहभागी प्रतियोगितामा माथिल्लो आठ टीमले सुपर लिग खेल्न पाउने छन् ।
सहभागी टीम
१ पुलिस क्लब
२ मनाङ मस्र्याङ्दी
३ थ्रीस्टार
४ जावलाखेल
५ हिमालयन शेर्पा
६ आरसिटी
७ एनआरटी
८ आर्मी
९ फ्रेन्डस्
१० बाँसबारी
११ बौद्ध
१२ एपीएफ
१३ सरस्वती
१४ मच्छिन्द्र
१५ संकटा
१६ मध्यपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>