समाचारआइतबार, भाद्र २०, २०७२
प्रहरीको गोलीबाट मृत्यु भएका हिफाजतको अन्त्येष्टि

तस्वीर: श्याम गुप्ता
प्रहरीको गोलीबाट मृत्यु भएका बारा, कलैया–१० रंगपुरटोलका हिफाजत मियाँ अंसारीको अन्त्येष्टी गरिएको छ ।
विरोध प्रदर्शनका क्रममा १५ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएका २० वर्षीय मियाँको २० भदौ दिउँसो इस्लाम परम्परानुसार स्थानीय कब्रिस्तानमा अन्त्येष्टि गरिएको हो ।
यसअघि वीरगञ्जबाट उनको शव ठूलो जुलुशका साथ कलैया ल्याइएको थियो ।
संयुक्त लोकतान्त्रिक मोर्चाले आह्वान गरेको हडतालका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कलैयाको भरत चोकमा प्रहरीको गोली लागी मियाँको मृत्यु भएको थियो ।
यसअघि १९ भदौमा वीरगञ्जमा विरोध प्रदर्शनका क्रममा मृत्यु भएका ५ जनाको अन्त्येष्टि विन्धबासिनी स्थित तिलावे नदीमा गरिएको थियो ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
