थप समाचारआइतबार, भाद्र २०, २०७२

थरुहट तराई पार्टी संविधानसभाबाट बाहिरियो

हिमालखबर

दुई जना सभासद रहेको थरुहट तराई पार्टीले संविधानसभाबाट बाहिरिएको घोषणा गरेको छ ।

आफ्नो माग नयाँ संविधानमा सम्बोधन नभएको भन्दै उक्त पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै संविधानसभाबाट बाहिरिएको बताए । विज्ञप्तीमा उल्लेख छ, ‘थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, आदिवासी जनजाति, मधेसी मोर्चाहरुले उठाएका न्यायसंगत एवम् जायज माग तथा मुद्धाहरु सम्बोधनको सुनिश्चितता नभएसम्म संविधान निर्माणको प्रक्रिया बहिस्कार गरिन्छ ।’

प्रदेशको सीमाकंन गर्दा थारु, मधेशी र मगरातलाई खण्डित गरिएको भन्दै उक्त पार्टीले असन्तुष्टि जनाउँदै आएको थियो ।

यस्तै, महोत्तरी–४ बाट निर्वाचित स्वतन्त्र सभासद चन्देश्वर झाले पनि संविधानसभाको प्रक्रियामा संलग्न नहुने जनाएका छन् । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जनाएका छन् ।

11989333_10205085264631405_189366168_o

-कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>