थप समाचारसोमबार, भाद्र २१, २०७२

शून्य लागतमा कामदार लैजान मलेसिया सरकार सकारात्मक

हिमालखबर

mmमलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले नेपाल सरकारको शून्य लागतमा कामदार पठाउने निर्णयमा मलेसिया सरकार सकारात्मक रहेको बताएका छन् ।

नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले क्वालालम्पुरमा गरेको ‘शून्य लागत र मलेसियाका नेपाली व्यवसायीको धारणा’विषयक अन्तरक्रियामा राजदूत बस्न्यातले मलेसिया सरकार तयार भएकाले शून्य लागतमा कामदार पठाउने काममा लाग्न नेपाली व्यवसायीलाई आग्रह गरे ।

“मलेसिया सरकार फ्रि भिसा फ्रि टिकटमा कामदार ल्याउन तयार छ । यसमा तपाईं नेपाली व्यवसायीहरू सरकारको निर्णयको बिरोध गर्न होइन, कार्यान्वयन गर्न तर्फ लाग्नुस्”, उनले भने ।

बस्न्यातले मलेसिया सरकारले केही निशर्त स्वीकार गर्नै नसकिने प्रस्ताव गरेकाले नेपाल र मलेसियाबीच श्रम सम्झौता हुन नसकेको उल्लेख गर्दै अबको तीन महीनाभित्र मलेसिया सरकारले नेपाली कामदारका पक्षमा सकारात्मक कदम चाल्ने आश्वासन दिएको जानकारी दिए ।

फ्रि भिषा टिकटमा कामदार ल्याउन रोजगारदाता कम्पनी समेत तयार भएको बताउँदै उनले नेपाली व्यवसायीले बिरोध गर्न नहुने बताए । फ्रि भिसा फ्रि टिकटको मापदण्ड ल्याएपछि मलेसियाका कम्पनीले करिब ४ हजार कामदार ल्याउने अनुमति लिएको उनले बताए ।

शून्य लागत कार्यान्वयन भए नेपाली मजदुर चर्को आर्थिक भारमा नपर्ने उनको राजदूत बस्न्यातको भनाइ छ । राजेन्द्र भण्डारी, चोलाकान्त पंगेनी लगायतका नेपाली व्यवसायीले शुन्य लागतको निर्णय सकारात्मक कदम भएपनि श्रम सम्झौता नगरी गरिएको निर्णय कार्यान्वयनमा शंका व्यक्त गरे ।

-गणेश आचार्य, क्वालालम्पुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>