थप समाचारमंगलबार, भाद्र २२, २०७२

सञ्चारिकामा पुनः शर्मा

हिमालखबर

सञ्चारिकामा पुनः शर्मा

सञ्चारिका समुहको छैटौं महाधिवेशनबाट निर्मला शर्मा अध्यक्षमा विजयी भएकी छन् । नयाँ नेतृत्व चयनका लागि २१ भदौमा भएको महाधिवेशनमा शर्माले १३४ मत प्राप्त गरेकी हुन । शर्मा दोस्रो पटक समुहको अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षका अर्का उम्मेदवार सुचित्रा श्रेष्ठले ८४ मत ल्याएकी थिईन् ।

कार्यसमितिको उपाध्यक्षमा नितु पण्डित, महासचिवमा कमला पन्थी, सचिवमा विमला तुम्खेवा र कोषाध्यक्षमा यशोधा अधिकारी विजयी भएका छन् ।

१३ सदस्यीय कार्यसमितिमा कृति भट्टराई, अरुणा रायमाझी, उर्वशी बस्नेत, जया लुँइटेल, रीता तिमिल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार सदस्यमा विजयी भएका छन् ।

नयाँ कार्यसमितिको अवधी ३ वर्षको रहने छ । २८० मतदाता रहेकोमा २२४ मत खसेको थियो ।

सविता श्रेष्ठ, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...