थप समाचारमंगलबार, भाद्र २२, २०७२
क–कसले पाए निजामती सेवा पुरस्कार ?

निजामति सेवा दिवसका अवसरमा विराटनगरमा गरिएको प्रभात फेरी । तस्वीर: कमल रिमाल
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुको नाम सार्वजनिक गरेको छ ।
निजामती सेवा दिवस २०७२ को अवसरमा ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ पाउने १० जना र ‘निजामती सेवा पुरस्कार’ पाउने ३१ जनाको नाम सार्वजनिक गरिएको हो ।
यसबर्ष सर्बोत्कृष्ट निजामती पुरस्कार भने कसैले पाएनन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा
१. सर्वोच्च अदालतका सह–रजिष्ट्रार विपुल न्यौपाने,
२. गृहमन्त्रालयका सह–सचिव लक्ष्मी प्रसाद ढकाल,
३. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सह–सचिव वेगेन्द्रराज शर्मा पौडेल,
४. अर्थ मन्त्रालयका सह–सचिव बैकुण्ठ अर्याल,
५. जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल,
६. क्षेत्रीय खानेपानी अनुगमन तथा सुपरीवेक्षण कार्यालय, डोटीका सि.डि.ई. तिरेशप्रसाद खत्री,
७. हेभी इक्वीपमेन्ट डिभिजन, काठमाडौंका डिभिजन प्रमुख शिवराम यादव,
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उप–सचिव केशवराज ढकाल,
९. निर्वाचन आयोगका कम्प्यूटर अधिकृत शिवशरण थापामगर र
१०. लोक सेवा आयोगका इलेक्ट्रिसियन पोषणमान सिंह बस्नेत छन् ।
यस्तै ‘निजामती सेवा पुरस्कार’ पाउने ३० जना छन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जनाले जनही १ लाख रुपैयाँ र निजामती सेवा पुरस्कार पाउने ३० जनाले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन आएको सम्झनामा २०६२ सालबाट निजामती सेवा दिवस मनाउने गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
