Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लक्ष्मण थारु भैरहवाबाट पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २३, २०७२

लक्ष्मण थारु भैरहवाबाट पक्राउ

हिमालखबर

Laxman-Tharuमधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

७ भदौमा एएसएसपी सहित ९ जना मारिएको टीकापुर घटनामा संलग्न भएको अभियोग लागेका थारुलाई प्रहरीले सिद्धार्थनगर–८ बाट पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले हिमाललाई बताए ।

लुम्बिनी प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले कैलाली प्रहरीको अनुरोधमा भैरहवामा रहेका थारुलाई पक्राउ गरिएको जानकारी दिए ।

“उनी टीकापुर घटनामा संलग्न रहेको प्रमाणसहित कैलाली प्रहरीले खोजीका लागि अनुरोध गरेको थियो, अब उनलाई टीकापुर चलान गरिनेछ,” केसीले भने ।

थरुहट संघर्ष समितिका केन्द्रीय सल्लाहकार समेत रहेका थारु कैलालीको फूलबारी गाविसका स्थायी वासिन्दा हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>