Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्रपा नेपाल पनि संविधान निर्माणको प्रक्रियाबाट अलग हुने - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २३, २०७२

राप्रपा नेपाल पनि संविधान निर्माणको प्रक्रियाबाट अलग हुने

हिमालखबर

Kamal-Thapaसंविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल पनि संविधान निर्माण प्रक्रियाबाट अलग हुने भएको छ ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको अध्यक्ष कमल थापाले बताएका छन् ।

कुल २५ जना सभासद रहेको राप्रपा नेपालसहित संविधान निर्माण प्रक्रियाबाट अलग हुने सभासदको संख्या ८१ पुगेको छ ।

यसअघि २२ भदौमा संविधानसभा बैठकमा थापाले तीन ठूला दलले संविधान निर्माण प्रक्रियामा राप्रपा नेपाललाई निषेध गरेको भन्दै आफू संविधान निर्माण प्रक्रियाबाट बाहिरिन सक्ने बताएका थिए ।

संविधानसभामा बोल्न ७ मिनेटको समय पाएका थापाले एक मिनेटमा आफ्नो भनाई टुंग्याउँदै आफू औपचारिकता पूरा गर्न मात्रै बोलेको बताएका थिए ।

बैठकपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रक्रियाबाट बाहिरिन नहुने आग्रह गरेका थिए भने उनको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>