थप समाचारबिहीबार, भाद्र २४, २०७२
लहानमा निषेधित क्षेत्र घोषणा
-दिलिपकुमार सिंह, सिराहा
जिल्ला प्रशासन सिरहाले विहानैबाट लहानका विभिन्न सडकहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
आन्दोलन चर्किदै गएपछि बलान नदीदेखि पश्चिममा कमला नदीसम्म र नयाँ चोहर्वादेखिको सदरमुकाम जोड्ने सडकको दायाबायाको ५ सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाे हाे ।
निषेधित क्षेत्र अनिश्चित समयका लागि लागू गरिएको प्रशासनले जनाएको छ । लहान विहानैदेखि तनावग्रस्त छ । आन्दोलनकारीहरुले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनकारीले प्रदर्शन नरोकेपछि सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईले लहान क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>