Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सद्‌भाव फैलाउन बारामा रक्तदान - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र २४, २०७२

सद्‌भाव फैलाउन बारामा रक्तदान

हिमालखबर

-श्याम गुप्ता, बारा

Raktadaan Simara Bara (23)

रक्तदानमा सहभागीहरु । तस्वीरः श्याम गुप्ता

आपसी सद्‌भाव कायम राख्ने उद्देश्य लिएर बारामा रक्तदान कार्यक्रम राखिएको छ ।

बढीमाई नगरपालिकास्थित चोंकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० महिलासहित १४६ जनाले रगत दान गरेका छन् ।

संयुक्त मधेशी मोर्चाले आह्वान गरेको आन्दोलनका कारण ‘ब्लड बैंक’मा रगत सकिदै गएको र सामाजिक सद्भाव कायम राख्ने उद्देश्य लिएर रेडक्रस सोसाइटी, उद्योग बाणिज्य संघ र संयुक्त बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम राखेका थिए ।

राजनीतिक दलका नेतृत्वले सामाजिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिने तथा गतिविधि सञ्चालन गरेकाले सबैलाई समेट्न यस्तो रगत दान कार्यक्रम राखिएको आयोजकले जनाएको छ । रगत दान गर्न आएका सुरेन्द्र साहले भने, “जनतालाई उक्साएर सद्भाव बिगार्ने खेलमा नेताहरु नलागे हुने थियो ।” उनले जनता लडाएर मुलुकले निकास नपाउने बताए ।

सीमाकंनप्रति असन्तुष्टि जनाउँदै संयुक्त मधेशी मोर्चाले तराई–मधेशमा २७ दिनदेखि आन्दोलन जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>