थप समाचारबिहीबार, भाद्र २४, २०७२

लहानः ट्राफिक कार्यालयमा आगजनी, दंगाग्रस्त क्षेत्र घोषणा

हिमालखबर

ट्राफिक प्रहरी कार्यालयका सामान सडकमा ल्याएर आगो लगाउँदै । तस्वीर: दीलिप सिंह

ट्राफिक प्रहरी कार्यालयका सामान सडकमा ल्याएर आगो लगाउँदै । तस्वीर: दीलिप सिंह

स्थानीय प्रशासनले सिरहाको लहानलाई निषेधित क्षेत्र घोषणा गर्दा पनि विरोध प्रदर्शन नरोकिएपछि दंगा ग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेकै बेला प्रदर्शनकारीहरुले लहानमा रोकी राखिएको ना ५ ख ४१९४ नम्बरको ट्र«कमा आगजनी गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले ६ राउण्ड हवाई फायर समेत गरेको छ ।

त्यस्तै विहान ९ बजे प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा आगजनी गरेका छन् । उनीहरुले कार्यालयका कागजात, मोटरसाइकल, साइकल र फर्निचर सडकमा ल्याएर समेत जलाएका छन् ।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको करिब ५० किलोमिटर र नयाँ चोहर्वादेखि सदरमुकाम जोड्ने सडकको दायाँबायाँ ५ सय मिटर क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि उक्त क्षेत्रमा सभा जुलुश गर्न नपाइने, ५ जनाभन्दा बढी समूहमा भेला हुन, घुम्न नपाइने प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए ।

आन्दोलनकारीले विहानै लहान, मिर्चैया, गोलबजारको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए भने विभिन्न ठाउँमा रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।
दिलिप कुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>