थप समाचारशुक्रबार, भाद्र २५, २०७२

कारको ठक्करबाट प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

हिमालखबर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको नर्तीमा कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको भालुवाङबाट लमहीतर्फ आउँदै गरेको बा १० च ५२३१ नम्बरको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतका अनुसार चौधरीको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का प्रहरी जवान २८ वर्षीय चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइते भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ ।

राजमार्गमा खटिएका सुरक्षाकर्मीले गएराति १२ बजे मोटर साइकलमा सवार व्यक्तिलाई सोधपुछ गरिरहेको बेला तीव्र गतिमा आएको कारले ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार लमहीनगरपालिका–१० को देउपुरमा बेवारिसे अवस्थामा भेटिएको प्रमुख कडायतले बताए । सवारीधनी र चालकको भने पहिचान हुन सकेको छैन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>