समाचारशुक्रबार, भाद्र २५, २०७२

जनकपुर अपडेटः दंगाग्रस्त क्षेत्र घाेषणा, सडकमा सेना

हिमालखबर

जनकपुरमा कर्फ्यूकाे अवज्ञा गर्दै निस्केकाे प्रदर्शन नियन्त्रण बाहिर जाने अवस्था अाएपछि स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घाेषणा गरेकाे छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार साँझ ५ बजेपछि जनकपुरका सडकहरुमा सेना परिचालन गरिनेछ ।

यसअघि, कर्फ्यू अवज्ञा गर्दै अघि बढेको प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर जनकपुरमा दुई जना आन्दोलनकारीको मृत्यु भएको छ ।

मिल्स एरियामा चलेको गोली लागेर १६ वर्षीया निकु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीको गोली लागेर घाइते भएका विनोदकुमार साहको उपचारको क्रममा मृत्यु भएको छ ।

गोली लागेर एक दर्जन घाइते भएका छन् । उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रशासनले जारी गरेको कर्फ्यू अवज्ञा गर्दै जनकपुरमा प्रदर्शन भइरहेको छ । संयुक्त मधेशी मोर्चाले जनकपुरमा गाउँ–गाउँबाट सर्वसाधरण जनकपुर लगेका छन् ।

-ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>