समाचारशुक्रबार, भाद्र २५, २०७२
आइतवार बस्नेगरी संविधानसभा बैठक स्थगित
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा मतदान प्रक्रिया दुईदिनका लागि स्थगित गर्ने शीर्ष नेताहरुको निर्णयपछि संविधानसभाको बैठक स्थगित गरिएको छ ।
२५ भदौ विहान सैद्धान्तिक छलफल टुंग्याउँदै मतदान प्रक्रियामा जाने पूर्व कार्यतालिका परिवर्तन गर्दै संविधानसभाको बैठक स्थगित गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्काे बैठक २७ भदौ विहान ११ः३० बजे बोलाएका छन् ।
यो दिनको अवधिमा विधेयकमा असन्तुष्टि जनाउँदै आएका पक्षसँग वार्ता गर्न नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु तयार भएका छन् ।
-कपिल भट्ट, काठमाडाै
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>