समाचारशुक्रबार, भाद्र २५, २०७२
मदन पुरस्कार पाण्डेलाई, जगदम्बा–श्री जोशीलाई
२०७१ सालको मदनपुरस्कार ‘खुशी’ का लागि विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीले पाउने भएका छन् ।
पत्रकार विजयकुमारले ‘खुशी’ मा आफ्नै कथा र अनुभूति विभिन्न शिर्षकमा समेटेका छन् ।
अंगुरबाबा जोशीलाई नारी शिक्षाको प्रचार–प्रसार एवम् नेपाली भाषा–साहित्यमा योगदान गरेवापत जगदम्बा–श्री प्रदान गरिने गुठीले जनाएको छ ।
दुवै पुरस्कारको राशी दुईदुई लाख रुपैयाँ छ ।
मदन पुरस्कार कृतिका लागि प्रदान गरिन्छ भने जगदम्बा–श्री व्यक्ति संस्थालाई प्रदान गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>