थप समाचारशुक्रबार, भाद्र २५, २०७२

आन्दोलनकारीले हत्या गरेका असईको घरमा रुवाबासी

हिमालखबर

1

महाेत्तरीमा हत्या गरिएका असई विककाे नेपालगञ्जस्थित घर ।

महोत्तरीमा आन्दोलनकारीले हत्या गरेका सशस्त्र प्रहरीका असई थमनबहादुर विककी श्रीमती वेहोस अवस्थामा छिन् ।

हत्या गरिएका असई विक

हत्या गरिएका असई विक

आक्रमणबाट घाइते असई विकको हत्याको खबर सुनेलगत्तैदेखि श्रीमती शोभा बेहोस छिन् ।

कचनापुर–५, बाँकेका बिककी श्रीमती शोभा ३ वर्षीय छोरासँग नेपालगञ्ज बस्दै आएकी थिइन् ।

२५ भदौ विहान सादा पोशाकमा नीजि काम लिएर जलेश्वर निस्किएका विकलाई आन्दोलनकारीले घाइते बनाएका थिए ।

घाइते विकलाई थप उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्स कब्जामा लिई आन्दोलनकारीले हत्या गरेका थिए ।

अहिले नेपालगञ्जमा रहेको विकको परिवारमा रुवाबासी चलिरहेको छ ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>