थप समाचारशनिबार, भाद्र २६, २०७२

एम्बुलेन्स चालकहरु आन्दोलित

हिमालखबर

ambulance2बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै मोरङ्का एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् ।

एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रङ्गेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय गरेका छन् ।

एम्बुलेन्स चालक सङ्घ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुर्व्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिए ।

बन्दकर्ताले सो सडकखण्डअन्तर्गत को१च ४२६५ नंको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

मोरङको कटहरी, कर्सिया, रङ्गेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुर्व्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक सङ्घले जनाएको छ ।

मोरङमा १२५ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>