थप समाचारशनिबार, भाद्र २६, २०७२

मक्कामा क्रेन दुर्घटना हुँदा १०७ को मृत्यु

हिमालखबर

reutersसऊदी अरबको मक्कामा क्रेन भाँच्चिएर निर्माणाधिन मस्जिदको एउटा हिस्सा भत्किंदा १०७ जनाको मृत्यु भएको छ भने करिब ३०० घाइते भएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार साँझ ५:३० बजे नमाज पढ्नका लागि मानिसहरु जम्मा भएका बेला दुर्घटना भएको हो ।

दुई वर्षदेखि निर्माण भइरहेको अल हरम मस्जिदको बाहिर रहेका धेरै क्रेनमध्ये एउटा क्रेन हुर्री चलेका बेला भाँच्चिएर मस्जिद एक भागभत्किंदा त्यसमा मानिसहरु पुरिएको बीबीसीले जनाएको छ ।

अहिले क़रीब ८ लाख तिर्थयात्री हजका लागि मक्का पुगेका छन् भने आगामी नौ दिनसम्म यो संख्या दोब्बर हुने सउदी सरकारको अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>