समाचारशनिबार, भाद्र २६, २०७२
अपहृत तीन भारतीयको उद्धार, पाँच अपहरणकारी पक्राउ
गए राति शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ ।
भारतको राजस्थान र गुजरात घर भएका तीन युवालाई अपहरण गरी शनिअर्जुन नगरपालिकास्थित एक घरमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरी अपहरणमा संलग्न पाँच जनालाई हतियारसहित पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।
स्थानीयवासीका अनुसार अपहरणमा संलग्न भनिएकाहरुले ती युवालाई शनिअर्जुन नगरपालिकास्थित एक व्यक्तिको घर भाडामा लिएर लामो समयदेखि बन्धक बनाएर राखेका थिए ।
अपहृत युवाका परिवारसँग अपहरणकारीले कल बाइपासको प्रयोग गरी साउदी अरबको नंवरबाट फिरौती रकम माग गर्ने गरेपछि भारतीय प्रहरीले उनीहरु नेपालमा रहेको पत्ता लगाएर नेपाल प्रहरीलाई खबर गरेसँगै उनीहरुको पहिचान भई पक्राउ गरिएको प्रवक्ता दाहालले बताए ।
अपहरणमा संलग्नमध्ये दुई नेपाली र तीन भारतीय छन् । प्रहरीले उनीहरुका साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली तथा एउटा गाडीसमेत नियन्त्रणमा लिएको बताइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
